बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकार प्रदेश सभाप्रति जिम्मेवार बन्न सकेन : उपनेता चित्रकार

मङ्गलबार, ११ असार २०८१, १६ : १४
मङ्गलबार, ११ असार २०८१

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार प्रदेशसभा प्रति जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन् । उनले प्रदेश सरकारको बजेटमाथिको छलफलमा मन्त्रीहरू अनुपस्थित हुनु गैरजिम्मेवारपन भएको टिप्पणी गरे ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा ५ वटा मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उपनेता चित्रकारले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब घाटाको बजेट ल्याएको बताए । उनले सरकारले बजेटमा आर्थिक अनुशासन कायम गर्न नसकेको बताए ।

‘सरकारको ढुकुटीमा मन्त्रीहरूले आफ्नो राज्य चलाइरहेका छन् । मन्त्रीहरू ध्रुत बनेर राज्य दोहन गरिरहेका छन् । मन्त्रीहरूका कारण नागरिकले बजेट माथि गरेको अपेक्षा व्यर्थ भएको छ,’ उनले भने, ‘हाट बजारमा तरकारी किन्दा हुने बार्गेनिङ जस्तो प्रदेश सरकारको बजेटमा भएको छ ।’

प्रदेशका नागरिकहरूले बजेटमार्फत दिगो आर्थिक विकास खोजेको उनले बताए । नागरिकको अपेक्षा विपरीत सरकारले बजेट ल्याएर प्रदेशको समृद्धि गुमाएको उनको भनाई छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप