सरकार प्रदेश सभाप्रति जिम्मेवार बन्न सकेन : उपनेता चित्रकार
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार प्रदेशसभा प्रति जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन् । उनले प्रदेश सरकारको बजेटमाथिको छलफलमा मन्त्रीहरू अनुपस्थित हुनु गैरजिम्मेवारपन भएको टिप्पणी गरे ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा ५ वटा मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उपनेता चित्रकारले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब घाटाको बजेट ल्याएको बताए । उनले सरकारले बजेटमा आर्थिक अनुशासन कायम गर्न नसकेको बताए ।
‘सरकारको ढुकुटीमा मन्त्रीहरूले आफ्नो राज्य चलाइरहेका छन् । मन्त्रीहरू ध्रुत बनेर राज्य दोहन गरिरहेका छन् । मन्त्रीहरूका कारण नागरिकले बजेट माथि गरेको अपेक्षा व्यर्थ भएको छ,’ उनले भने, ‘हाट बजारमा तरकारी किन्दा हुने बार्गेनिङ जस्तो प्रदेश सरकारको बजेटमा भएको छ ।’
प्रदेशका नागरिकहरूले बजेटमार्फत दिगो आर्थिक विकास खोजेको उनले बताए । नागरिकको अपेक्षा विपरीत सरकारले बजेट ल्याएर प्रदेशको समृद्धि गुमाएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण