प्रदेश सरकारसँग विकासको स्पष्ट नीति हुनुपर्छ : ढकाल
हेटौंडा । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले प्रदेश सरकारसँग विकासको स्पष्ट नीति हुन जरुरी रहेको बताए । उनले प्रदेश आयोजना बैंक निर्माण गरी योजना छनौटको प्रणाली विकास नीतिगत रूपमा व्यवस्था गर्नुपर्ने बताए ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा ५ वटा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा मुख्य सचेतक ढकालले विगतकै परम्पराबाट बजेट आएको बताए । सो विषयमा सरकारले गम्भीर बनेर सुधारका काम गर्नुपर्ने उनको भनाई छ ।
‘हामीले आगामी वर्षमा फरक शैलीको बजेट बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । अर्को वर्षको बजेट कस्तो बनाउने, प्रदेशको आवश्यकता र भौगोलिक अवस्थाको विषयमा प्रदेशसभामा छलफल हुन जरुरी रहेको छ । हाम्रो आवश्यकता असिमित छ । ती आवश्यकता समेट्न प्रदेश सरकारको बजेट प्राप्त छैन,’ उनले भने ।
प्रदेश सरकारले बजेटबाट केही विषयहरू सुधार गर्ने प्रयत्न गरेको उनले बताए । प्रदेश सरकारको स्रोत र साधनको अधीनमा रहेर बजेट बनाएको उनको भनाई छ । प्रदेश सरकारले बजेटमा समावेश गरेको प्राथमिकताको योजनाहरू सन्तुलित रहेको र कार्यक्रम पुस्तिकामा समावेश भएको योजनामा भने केही त्रुटि फेला परेको उनले बताए । सो त्रुटिलाई सुधार गरेर सरकार अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण