सरकारको बजेट पक्षपाती छ : नेता थापा
हेटौंडा । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पक्षपाती रहेका बताए । उनले बजेटले नागरिकहरूको अपेक्षालाई समेट्न नसकेको र मन्त्रीको मनोमानी ढंगबाट कार्यक्रमहरू समावेश गरिएको बताए ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित ५ मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा नेता थापाले प्रदेश सरकारले विगतको लयमा रहेर पक्षपाती ढङ्गबाट बजेट ल्याएको बताए । सरकारमा रहेका मन्त्री र सांसदहरूको क्षेत्रमा मात्र बढी बजेट विनियोजन गरेको उनको भनाई छ ।
‘प्रदेश सरकारको अहिलेको यो बजेटले युवाहरूलाई मुलुकमा नबस्नुस्, विदेश जानुस्, रेमिटेन्स पठाउनुस्, शासन गर्ने भत्ता सुविधा लिने र गाडीघोडा चढ्ने हामी हो भन्ने खालको आएको छ,’ उनले भने ।
सरकारले प्रदेशसभालाई उपेक्षा गरेको उनको भनाई छ । बजेटमाथि छलफलका बेला पनि सदनमा उपस्थित हुन नसक्ने मन्त्रीले जिम्मेवारीबाट मार्ग प्रशस्त गर्नुपर्ने उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण