सरकारको बजेट पक्षपाती छ : नेता थापा

हेटौंडा । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पक्षपाती रहेका बताए । उनले बजेटले नागरिकहरूको अपेक्षालाई समेट्न नसकेको र मन्त्रीको मनोमानी ढंगबाट कार्यक्रमहरू समावेश गरिएको बताए ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित ५ मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा नेता थापाले प्रदेश सरकारले विगतको लयमा रहेर पक्षपाती ढङ्गबाट बजेट ल्याएको बताए । सरकारमा रहेका मन्त्री र सांसदहरूको क्षेत्रमा मात्र बढी बजेट विनियोजन गरेको उनको भनाई छ ।
‘प्रदेश सरकारको अहिलेको यो बजेटले युवाहरूलाई मुलुकमा नबस्नुस्, विदेश जानुस्, रेमिटेन्स पठाउनुस्, शासन गर्ने भत्ता सुविधा लिने र गाडीघोडा चढ्ने हामी हो भन्ने खालको आएको छ,’ उनले भने ।
सरकारले प्रदेशसभालाई उपेक्षा गरेको उनको भनाई छ । बजेटमाथि छलफलका बेला पनि सदनमा उपस्थित हुन नसक्ने मन्त्रीले जिम्मेवारीबाट मार्ग प्रशस्त गर्नुपर्ने उनले माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह