झलनाथको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार : ५ जना दोषी ठहर
मङ्गलबार, ११ असार २०८१, २१ : ०६
१
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भएको भ्रष्टाचारमा ५ जना दोषी ठहर भएका छन् ।
मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ५ जनालाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएकामा मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादव समेत छन् । यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन् ।
लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन् ।
अदालतले असार २५ गतेका लागि सजाय निर्धारण गर्न पेशी तोकेको छ । अख्तियारले उक्त भ्रष्टाचारमा झण्डै १८ करोड बिगो मागदाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण