युरो कप : समूह सीका दुवै खेल बराबरीमा सकिए
काठमाडौं । युरो कप २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्बियाले गोलरहित बराबरी खेलेका हुन् ।
गोलरहित बराबरीमा सबै टिमले एक एक अङ्क जोडेका थिए । इंग्ल्याण्ड ५ अङ्कका साथ समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
यसैगरी अर्को खेलमा डेनमार्क र सर्बियाले पनि गोलरहित बराबरी खेले । डेनमार्क ३ अङ्कका साथ दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । डेनमार्क र स्लोभानिया दुवैले तीन-तीन खेल नै बराबरी खेलेका थिए । तर, कम पहेँलो कार्डका आधारमा डेनमार्क दोस्रो स्थानमा रहन पुग्यो ।
यता लगातार तीन खेलमा बराबरी खेलेको स्लोभानिया पनि उत्कृष्ट तेस्रो बन्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । सर्बिया भने प्रतियोगिताबाट बाहिर भएको छ ।
प्रतियोगिता अन्तर्गत आज पनि ४ वटा खेल हुने छन् । समूह ईका स्लोभाकिया र रोमानिया, युक्रेन र बेलजियम भिड्दा समूह एफका चेक गणतन्त्र र टर्की तथा जर्जिया र पोर्चुगल आमनेसामने हुने छन् । पहिलो खेल राति पौने १० बजे सुरु हुनेछ भने दोस्रो खेल राति पौने १ बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण