प्रतिपक्ष र सत्तापक्षबिच कुरा नमिल्दा बस्न सकेन कर्णाली प्रदेशसभा बैठक
सुर्खेत । बजेटको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दलहरुबिच टसल हुँदा प्रदेशसभा बैठक प्रभावित बनेको छ । बुधबार (आज) दिउँसो तीन बजेटका लागि बोलाइएको प्रदेशसभा बैठक दलहरुबिच कुरा नमिल्दा बस्न नसकेको हो ।
यसअघि बुधबार र बिहीबार कांग्रेसले सदन अवरुद्ध गरेको थियो । बिहीबार सभामुख नन्दा गुरुङले प्रदेशसभा बैठकको कारबाही प्रारम्भ नगर्दै कांग्रेस सांसदहरूले बाहिरिएका थिए ।
मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसको उक्त गतिविधिलाई संसदीय इतिहासको नयाँ अभ्यासका रूपमा चर्चा गरेका छन् । कांग्रेसले बिहीबारको बैठक बहिष्कार गरेपछि सभामुख गुरुङले प्रदेशसभा बैठक असार १२ गतेसम्मका लागि स्थगित गरेकी थिइन् ।
यद्यपि सत्ता र प्रतिपक्षबिच समझदारी नहुँदा बैठक बस्न नसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले रातोपाटीलाई जानकारी दिए । यद्यपि अहिले सर्वदलीय बैठक भने बसिरहेको छ । बजेटप्रति प्रतिपक्ष मात्रै हैन सत्तापक्षका अधिकांश सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण