संघीयता कार्यान्वयनमा चुनौती छ : सांसद देवकोटा
हेटौंडा । बागमती प्रदेश सभाका सदस्य डा. दिनेशचन्द्र देवकोटाले संघीयता कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । उनले प्रदेश सरकारको गतिविधि र क्रियाकलापले हुर्कँदै गरेको संघीयतामाथि चुनौती थपिदिएको बताएका हुन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसद देवकोटाले सरकारका ७ मन्त्रालय र थप निकायहरूको बजेट ३÷४ घण्टामा सक्न खोज्नु उपयुक्त नभएको बताए । संसद्को भूमिकामाथि सरकारले सीमा निर्धारण गरेर हस्तक्षेप गर्न नहुने उनले टिप्पणी गरे ।
‘अहिले सभामुखसँग रहेको कार्यव्यवस्था समिति, सभामुखले ८ वटा मन्त्रालयलाई लगेर ३÷४ घण्टामा सक्ने गरी अझ हामीले भन्ने हो भने मुख्यमन्त्री र मन्त्रिपरिषद्को, प्रदेश सभा सचिवालय, प्रदेश लोक सेवा आयोग, प्रदेश नीति आयोग र महान्यायाधिवक्ता कार्यालयको छलफल गर्न खोजिरहेको छ । यो कर्मकाण्डी छलफल गर्नेबाट संघीयता चुनौतीमा छ,’ उनले भने ।
उनले विचार विमर्श गर्न पर्याप्त समय उपलब्ध गराउनु पर्ने बताए । बजेटको सन्दर्भमा कार्यशैली, कार्यक्षमता, अभिवृद्धिमा सरकारले चिन्तन गर्नुको साटो आफ्नो क्षेत्र केन्द्रित भएको उनको आरोप छ । उनले दलका नेताहरू कुना÷कुनामा बसेर बजेट आ–आफ्नो क्षेत्रमा लैजाने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण