भारतीय अभिनेत्री जया प्रदा काठमाडौँमा
बिहीबार, १३ असार २०८१, ०६ : ४१
काठमाडौँ । भारतीय अभिनेत्री जया प्रदा नेपाल आएकी छन् । बिहीबार काठमाडौँमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी बुधबार साँझ काठमाडौँ आइपुगेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपाल सुन्दर लाग्ने बताउँदै यहाँ आउन पाउँदा खुसी लागेको बताइन् । उनले नेपाल फेरि फेरि आउने चाहना व्यक्त गरेकी छन् । उनले आज पशुपति नाथको दर्शन समेत गर्नेछिन् ।
सन्जोग, औलाद, मावली, कामचोर, आजका अर्जुन, स्वराजसे सुन्दर लगायत ४ दर्जन बढी हिन्दी फिल्म अभिनय गरेकी छन् । उनी शुक्रबार भारत फर्किने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण