सशस्त्र प्रहरीद्वारा ६ महिनामा रौतहटबाट हुन्डीको ३३ लाख सहित ५ कारोबारी पक्राउ
रौतहट। रौतहट स्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिक लाई पक्राउ गरेको थियो ।
मोटरसाईकलको सीट मुनि लुकाएर उक्त रकम ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत भारतीय हुन्डी कारीवारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी विक्रम हुमागाईँले बताएका छन्।
गत माघ ५ गते ५ लाख ९४ हजार सहित एक जना मानिसलाई मोटरसाइकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। २०८० पुस २० गते ५ लाख ११ हजार, ८७५ रुपैयाँसहित दुई मानिस एकथान मोटरसाइकल, सोही दिन भारतीय रुपैयाँ ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ गरेका थिए ।
माघ महिना देखि असारको दोस्रो सातासम्म सशस्त्र प्रहरीले रौतहटको विभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार,८७५ रुपैयाँसहित ५ जना हुन्डी कारोबारमा संलग्न मानिसलाई पक्राउका साथै उनीहरूको ३ थान मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण