संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले संघीय सञ्चित कोष २ खर्ब १६ अर्ब रुपैयाँले घाटामा रहेको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले संघीय सञ्चित कोष २ खर्ब रुपैयाँभन्दा बढीले घाटामा रहेको जानकारी गराएका हुन् ।
प्रदेश र स्थानीय तहमा २ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी रकम छ । ‘हामी प्रदेश र स्थानीय तहमा रकम पठाउने, खर्च नहुने स्थिति छ,,’ अर्थमन्त्री पुनले भने, ‘देशभरको कोषमा हेर्दा घाटामा छैन । तर संघीय कोष घाटामा छ, प्रदेश र स्थानीय तह नाफामा छन् ।’
यसरी प्रदेश र स्थानीय तहमा रहने रकमलाई व्यवस्थित गर्ने अर्थमन्त्री पुनले बताए । उनले भने, ‘वित्त आयोगसँगको समन्वयमा खर्च गर्न नसक्ने स्थानीय तह र प्रदेशबाट संघमा रकम फिर्ता लिने व्यवस्था खोजिँदै छ ।’ यसका लागि कानुन निर्माणमा सरकारले काम गर्ने तयारी गरेको पुनले बताए ।
‘खर्च गर्ने स्थानीय तह र प्रदेशलाई थप रकम पठाउने र खर्च गर्न नसक्नेबाट खिच्ने योजना सरकारको छ,’ अर्थमन्त्रीले भने, ‘खर्च गर्न नसक्ने प्रदेश र स्थानीय तहको खातामा रकम राखेर झनै पुरस्कृत गरिरहेको जस्तो भइरहेको छ ।’ विनियोजन विधेयकमा यो विषय नरहेपनि केन्द्रीय कोषमा सो रकम आउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण