मदन भण्डारीको सम्झनामा वृक्षारोपण
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जननेता मदन भण्डारीको ७३ औँ जन्मदिनको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । मुख्यमन्त्री निवास परिसरमा आज वृक्षारोपण गर्दै उनले विश्व कम्युनिस्ट आन्दोलन कमजोर भइरहेको परिवेशमा नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्न जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्दै समाज रूपान्तरण र कम्युनिस्ट व्यवस्थाका लागि उनले गरेको योगदान अतुलनीय रहेको बताए ।
संवैधानिक सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, जनताको जनवादी व्यवस्थाको सुदृढीकरणजस्ता विषयलाई सिलसिलाबद्ध रूपमा व्याख्या गरी जनताको बहुदलीय जनवादलाई प्रतिपादन गरी आम नेपाली श्रमजीवी वर्गलाई कम्युनिस्ट आन्दोलनमा गोलबन्द गरी देशको प्रमुख शक्ति बनाउनमा उनको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
वि.सं २००९ साल असार १४ गते कोशी प्रदेशको ताप्लेजुङ जिल्लाको ढुंगे साँगुमा जन्मिएका जननेता भण्डारी ३० को दशकदेखि नै कम्युनिस्ट आन्दोलनमा होमिएका थिए । उनको सादा जीवन र विचारलाई आत्मसात् गर्दै अगाडी बढ्न सके मुलुकलाई समृद्धितर्फ लैजान सकिने मुख्यमन्त्रीकाे विश्वास थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
-
टेलिकम बिलिङ सिस्टम भ्रष्टाचार मुद्दाः सुनिल पौडेलसहित १८ जनाविरुद्ध सुनुवाइ सुरु
-
बाँकेमा रोपाइँ गर्न आकाशे पानीको भर
-
कस्तो रहला देशका प्रमुख सहरहरूको मौसम ?
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण