राजनीति
देउवाले बोलाए पदाधिकारी बैठक
आइतबार, १६ असार २०८१, १५ : ४०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
कांग्रेस सभापति देउवाले सोमबार दिउँसो ३ बजे बूढानीकण्ठस्थित आफ्नो निवासमा बैठक बोलाएका हुन् ।
सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले बताए । ‘सभापतिजीले हिजो मात्र एमाले अध्यक्ष केपी ओलीजीसँग वार्ता गरेको विषय उठ्ने नै भयो । छलफलको एजेण्डा भने पार्टीको आन्तरिक विषय हो ।’
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा छलफल हुने बताए । उनका अनुसार १५ असारदेखि समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण