सुदूरपश्चिममा १ खर्ब ४० अर्ब कर्जा प्रवाह
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको यो वर्षको कर्जा उपभोग ७ प्रतिशतमाथिले घटेको छ । २०८० असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म कर्जा उपभोग ७.२८ प्रतिशतले घट्दै १ खर्ब ४० अर्ब ६६ करोड २५ लाख रुपैयाँमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
आइतबार प्रादेशिक आर्थिक गतिविधि अध्ययन (अर्धवार्षिक प्रतिवेदन) सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो रिपोर्ट पेस गरेको हो । २०८० पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशबाट बैंक तथा वित्तीय संस्थाहरूले कूल १ खर्ब ३६ अर्ब ८३ करोड १६ लाख रुपैयाँ निक्षेप सङ्कलन गर्दै यता १ खर्ब ४० अर्ब ६६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा समग्र प्रदेशको निक्षेप सङ्कलन १.९१ प्रतिशतले बढ्दा कर्जा लगानी ७.२८ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा भने प्रदेशको निक्षेप सङ्कलन ०.४२ प्रतिशतले घट्दा यता कर्जा लगानी ६.२७ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.७१ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.३० प्रतिशत रहेको छ ।
त्यसै गरी, समीक्षा अवधिसम्ममा अध्ययन क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ७०।३२ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् ०.६६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । –प्रयास श्रेष्ठबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?
-
वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण