रौतहट प्रहरीद्वारा २४ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद
आइतबार, १६ असार २०८१, २२ : १७
रौतहट । रौतहट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूबाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार ७ लाख ३ हजार ५७९ रुपैयाँ बराबरको लत्ताकपडा, ३ लाख १ हजार ९८० रुपैयाँको किराना तथा खाद्यान्न, ६ लाख ४ हजार ८०० रुपैयाँ बराबरको औषधी, ८ लाख ५० हजार रुपैयाँ बराबरको सुपारी र विभिन्न सवारी साधन गरी कुल २४ लाख, ६० हजार ३०९ बराबरको अवैध सामान बरामद भएको छ ।
बरामद सामानहरू आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर र राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। –सञ्जय मिश्रा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण