जन्ती सबार बस दुर्घटना हुँदा १५ जना घाइते
धनुषा । धनुषामा जन्ती सबार बस दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।
सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको बस सडक छेउमा पल्टिँदा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा राति ९ बजे जन्ती सबार ना ४ ख ४४९२ नम्बरको बस दुर्घटना भएको हो ।
घाइते हुनेहरूमा सर्लाहीको कौडेना गाउँपालिका ६ का ६० वर्षीय जयन्दर राय, ३२ वर्षीय मनोज कुमार यादव, ५४ वर्षीय ससुखन यादव, वीरेन्द्र रायका ७ वर्षीय छोरा निगम राय, ६५ वर्षीय केबट बैठा रहेका छन्। यस्तै सर्लाही विष्णुपुर गाउँपालिका ८ का ३७ वर्षीय राधेश्याम प्रसाद यादव, ६० वर्षीय टेकन राय, ६५ वर्षीय दीप नारायण यादव, ६२ वर्षीय बिन्देश्वर राय, ७० वर्षीय लाल बाबु राय, २८ वर्षीय विजय कुमार साह रहेका छन्। त्यसैगरी ६० वर्षीय जगदीश राय, ६० वर्षीय कपिलेश्वर राय पनि घाइते भएका छन्। घाइते मध्ये प्रायःको अवस्था सामान्य रहेको छ भने जयन्दर रायको अवस्था मध्यम रहेको छ। उनीहरू सबैको उपचार गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् बस चालक फरार रहेको छ भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण