लिभर सिरोसिस, हेपाटाइटिस जस्ता रोगहरूबाट बचाउने सुपरफुड
काठमाडौँ । कलेजो मानव शरीरको निकै महत्त्वपूर्ण अंगमध्ये एक हो । हिजोआज मानिसहरूको खानपिन यति खराब भएको छ कि यसको नकारात्मक असर कलेजोमा देखिन थालेको छ ।
अत्यधिक मदिरा सेवन, स्ट्रीट फुड, जंक फुड, अस्वास्थ्यकर खानपान, अनियमित जीवनशैलीका कारण कलेजो निकै प्रभावित हुन्छ । मानिसहरूले ओहो मेरो त कलेजो बिरामी पो भइरहेछ भनेर बुझ्छन् त्यतिबेला सम्म निकै ढिलो भइसकेको हुन्छ । फ्याटी लिभर, कलेजोमा सङ्क्रमण, हेपाटाइटिस जस्ता गम्भीर रोग लागि सकेको हुन सक्छ । तपाईँ पनि आफ्नो कलेजो बलियो र स्वस्थ रहिरहोस् भन्ने चाहनुहुन्छ तपाईँले तपाईँको दैनिक आहारमा केहि खानेकुराहरू समावेश गर्नै पर्छ ।
कलेजो स्वस्थ राख्न केही टिप्स
१. दैनिक सिट्रस क्लिन्जिङ गर्नुस् । सिट्रस क्लिन्जिङको मतलब कलेजोलाई स्वस्थ र बलियो राख्न एक कप मनतातो पानीमा आधा कागती निचोरेर हरेक बिहान उठ्ने बित्तिकै पिउनुपर्छ । यसो गर्दा कलेजोबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ ।
२. आफ्नो आहारमा प्रोटिन, कोलाइन र ग्लाइसिन युक्त खानेकुराहरू समावेश गर्नुस् । यसका लागि अण्डा, मासु आदि खान सकिन्छ ।
३. ब्रेसिका परिवारमा पर्ने खानेकुराको सेवन गर्नुस् । यसका लागि बन्दाकोभी, ब्रोकाउली, काउली, ब्रसेल्स स्प्राउट्स जस्ता क्रुसिफेरस तरकारीलाई आफ्नो आहारमा समावेश गर्नुस् । यिनीहरूले कलेजोलाई स्वस्थ राख्छन् ।
४. तपाईँ काँचो तरकारीबाट बनेको जुस पनि पिउन सक्नुहुन्छ । यसले कलेजोको कार्यमा सुधार गर्छ । शरीरबाट विषाक्त पदार्थ र अपशिष्ट पदार्थहरू हटाउन यो प्रभावकारी हुन्छ ।
५. सक्नु हुन्छ भने गुड फ्याटको सेवन गर्नुस् । यिनीहरूमा आवश्यक फ्याटी एसिड पाइन्छ । कोल्ड–फ्रेस्ड तरकारी, सीड आयल, एभोकाडो, सार्डाइन्स, साल्मन माछा, काँचा नट्समा प्रशस्त फ्याटी एसिड पाइन्छ । सूर्यमुखी, तिल, फर्सी र आलस आदिको बियाँका साथै गेडागुडी खानुस् यी सबै पनि कलेजोका लागि धेरै स्वास्थ्यकर हुन्छन् ।
६. आफ्नो आहारमा जौको घाँस र अल्फाल्फा पनि अवश्य समावेश गर्नुस् । यसमा पाइने क्लोरोफिलले कलेजोको टनिक र लिभर क्लिन्जरको रूपमा काम गर्छ ।
७. दिनहुँ हल्का योग गर्नुस् । गहिरो सास फेर्ने व्यायाम गर्नुस् हरेक दिन केही छिटोछिटो हिँडेर भएपनि आफ्नो कलेजो स्वस्थ राख्न सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण