अदालत
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
सोमबार, १७ असार २०८१, १८ : २०

काठमाडौँ । जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ। ।
जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
यसअघि दोषी ठहर भएका बमजनको हकमा सोमबार सजाय निर्धारण बहस भएको थियो । बहसमा सरकारले जन्मकैद २० वर्ष सजाय हुनुपर्ने माग गरेका थिए । तर अदालतले आधामात्र १० वर्ष कैदको फैसला सुनाएको हो । अब उक्त फैसलाविरुद्ध सरकार र बमजन दुवैलाई उच्च अदालत जाने बाटो बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द ब्ल्यू लाइट’को शुभमुहूर्त
-
धूम–४ मा रणवीर कपूरको इन्ट्री
-
सार्वजनिक यातायात बन्दको दोस्रो दिन फाट्टफुट्ट चले भाडाका गाडी, तस्बिरहरू
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
गणेश रसिकलाई नेता र सङ्गीतकर्मीले दिए अन्तिम अन्तिम श्रद्धाञ्जली
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल