पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
मङ्गलबार, १८ असार २०८१, १२ : ३४
सिरहा । पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु भएको छ। नरहा गाउँपालिका ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार करिब ११ बजेदेखि हराइरहेका दुवै बालकको मंगलबार बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए।
प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लगेको छ ।
यस क्षेत्रमा जथाभाबी ग्राभेल उत्खनन गरिँदा बनेको खाल्डोमा जमेको पानीमा डुबेर बर्सेनि बाल बालिकाको मृत्यु हुने गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण