डेंगुको ‘सेरोटाइप’ पहिचान गर्न विज्ञको सुझाव
काठमाडौँ । बर्खा लागेसँगै डेंगु सङ्क्रमणको जोखिम बढ्दै गएको छ । डेंगु रोगले महामारीको रूप लिनु अगावै यसको सेरोटाइप पहिचान गर्नुपर्ने विज्ञले औँल्याएका छन् ।
सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोगको सेरोटाइप पहिचान भएमा सोही अनुसार सतर्कता अपनाउन सकिने बताए । चिकित्सकका अनुसार पहिलो पटक डेंगु सङ्क्रमण हुँदा अधिकांशमा डेंगुको ‘सेरोटाइप–१’ हुन्छ । त्यस्ता व्यक्तिलाई फेरि डेंगु सङ्क्रमण हुँदा अधिकांशमा ‘सेरोटाइप–२’, ‘सेरोटाइप–३’ वा ‘सेरोटाइप–४’ हुने सम्भावना रहन्छ । यसले मानव स्वास्थ्यमा जटिलता हुने भएकाले डेंगु सेरोटाइपको पहिचान हुनुपर्ने पुनको तर्क छ ।
डेंगुको ‘सेरोटाइप–१’ भइसकेका व्यक्तिको शरीरले रोगप्रतिरोध क्षमता विकास गरिसक्ने भएकाले दोहोरिएर सङ्क्रमण हुँदा फरक सेरोटाइप देखिने विज्ञहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेंगु रोगको गम्भीर समस्या देखिएको बिरामीको ‘सेम्पल’ सङ्कलन गरेर राखेको जानकारी दिए । उनले महिना दिनको ‘सेम्पल’ सङ्कलन गरेर डेंगुको सेरोटाइप पहिचान गर्ने बताए ।
‘एक पटक डेंगु सङ्क्रमण भइसकेपछि एन्टिबडी बन्छ,’ उनले रातोपाटीसँग भने, ‘त्यही भएर पुनः डेंगु सङ्क्रमण भएमा सेरोटाइप–१ हुँदैन, सेरोटाइप २ वा ३ हुन सक्छ । हामीले महिना दिनको सेम्पल सङ्कलन गरेर मात्रै डेंगुको सेरोटाइप परीक्षण गर्ने छौँ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्लामध्ये ७२ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । सन् २०२४ को जनवरी महिनादेखि जुन २३ गतेसम्म देशभरका एक हजार २६८ जनामा डेंगु पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण