तत्काल मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय
काठमाडौँ । नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो ।
बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन् । उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रश्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए ।
उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूसँग छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए ।
यस्तै एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ । एमालेले सरकारमा सहभागी हुन सबै दललाई आह्वान पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
-
गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण