बिहारमा फेरि भत्कियो ३ वटा पुल
पटना । बिहारमा फेरि पुल भत्किएका छन् । सिवानमा एकपछि अर्को गर्दै तीन वटा पुल भत्किएका हुन् । अविरल वर्षाका कारण केही घण्टामै तीन वटा पुल भत्किएका छन् ।
सुरुमा महाराजगन्ज उपविभागको पाटेधा गाउँ र देवरिया गाउँको बिचको एउटा पुल भत्किएको छ । यहाँ गण्डक नदीमा बनेको ३५ वर्ष पुरानो पुलको एउटा पिल्लर धसिन सुरु भयो । केही बेरमै पुल लडेर गण्डक नदीमा डुब्यो । दोस्रो घटना महाराजगन्ज ब्लकको तेवाथा पञ्चायतको हो । नौतन र सिकन्दरपुर गाउँपालिकाको गण्डक खोलामा बनेको पुल भत्किएको छ ।
धिमही गाउँमा गण्डक नदीमा तेस्रो पुल बनिरहेको थियो । सो पुल पनि ढलेको छ । केही दिनअघि मात्रै सो पुलको मर्मत भएको बताइएको । तर पनि पुल भत्कियो । पानीको तीव्र बहाव सहन नसकेर पुल भत्किएको बताइएको छ । पुलहरू भत्किएपछि कयौँ गाउँहरूबिच आउजाउ प्रभावित भएको छ । पुल बनाउने काममाथि नै जनताहरूले प्रश्न उठाइरहेका छन् । यी दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।
यी दुर्घटना हुनुअघि जुन २२ मा महाराजगन्ज उपखण्डको पाटेधा र गारौली गाउँबिचको गण्डक नहरमा रहेको पुल अचानक भत्किएको थियो । ३० वर्षअघि बिहार सरकारले यो पुल बनाएको बताइएको छ । यसअघि मधुबनी जिल्लाको मधेपुर ब्लकमा रहेको भेजा कोशी बाँध चोकदेखि महापटिया मुख्य सडकको नजिकै लालवाढीमा पुल भत्किएको थियो ।
जुन २३ मा पूर्वी चम्पारणको घोरासहन ब्लकमा रु डेढ करोडको लागतमा निर्माणाधीन पुल भत्किएको थियो । अहिले यसको भिडियो भाइरल भइरहेको छ । जुन १८ मा बकरा नदीमा बनेको पुल उद्घाटन अघि नै भत्किएको थियो । एकपछि अर्को गर्दै पुल भत्किएका घटनाहरू भइरहँदा जनताले बिहार सरकारमाथि प्रश्न उठाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण