राष्ट्रिय सभामा विनियोजन विधेयकमा छलफल जारी
काठमाडौँ । राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८१ माथि को छलफल आज पनि जारी रह्यो ।
बुधबार ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय’, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’, ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय’, ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय’, ‘गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय’, ‘राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय’, ‘प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालय’ र ‘राष्ट्रिय योजना आयोगको सचिवालय’ मा छलफल भएको थियो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकको अन्त्यमा बिहीबार हुने बैठकमा ‘वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको जानकारी दिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही असार २० गते बिहीबार अपराह्न १२ः१५ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण