समाचार
केपी ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु
शनिबार, २२ असार २०८१, १२ : १३
१
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् ।
सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।
घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ । उनको शव पोष्टमार्टम गरेर शनिबार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण