याे साता प्रतितोला २६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ । यो साता सुनको मूल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले गत साताको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य तोलामा २ हजार ६०० रुपैयाँ बढेर कारोबार सुरु भएको जानकारी दिएको हो ।
गत साता शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार १०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म तोलामा २ हजार ६०० रुपैयाँको वृद्धि भएको हो ।
यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ७०० रुपैयाँ कायम छ । यस्तै यो साता चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको छ ।
गत साताको शुक्रबार चाँदीको मूल्य १७ सय ९० रुपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा ८० रुपैयाँले बढेर १८ सय ७० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण