संस्कार र इनुशालाई स्वर्ण
काठमाडौँ । संस्कार श्रेष्ठ र इनुशा आचार्यले पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा शनिबार स्वर्ण जितेका छन् । बहिरातर्फ २०–२५ केजी तौल समूहको पुरुषमा संस्कार र महिलामा इनुशाले स्वर्ण जितेका हुन् ।
बहिरातर्फ नै महिला ३०–३५ केजीमा अञ्जली तामाङ, ३५–४० केजीमा निताकुमारी यादव, ४०–४५ केजीमा आरती शाह, ४५–५० केजीमा विपना पुन, ५०–५५ केजीमा सुष्मा थापा र ५५ केजीमाथि प्रेरणा विकले स्वर्ण जिते । पुरुष ५० केजीमा क्षितिज ठगुन्ना र ५५ केजीमा ऋषिमणि शर्मा पहिलो स्थान हात पारे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको दृष्टिविहीनतर्फ पुरुष १९–२५ केजीमा सार्थक तामाङ, २६–३२ केजीमा जीवन जैशी, ४०–४५ केजीमा अभिकराज वज्राचार्य र ६०–६५ केजीमा गिल्याक ग्याल्सनले पहिलो स्थान हात पारे ।
विजेतालाई राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । सो अवसरमा पेरिस ओलम्पिक– २०२४ को जुडोमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी मनिता श्रेष्ठ प्रधानलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बहिरातर्फ ३४ खेलाडीले १० स्वर्ण तथा दृष्टिविहीनतर्फ १८ खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण