असार २८ गतेसम्म मन्त्रालय भागबन्डाको विषय टुङ्गो लगाउँछौँ: बर्तौला

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् ।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबन्डाको विषयचाहिँ टुङ्गोमा पुगिनसकेको बताए ।
उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डामा टुङ्गो लगाउने बताए । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने गरी काँग्रेस सहितका दलहरूसँग छलफल हुने बताए ।
प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबन्डाको विषय टुङ्गिन केही समय लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला
-
राष्ट्रिय प्राथमिकतालाई लत्त्याएर प्रधानमन्त्री र मन्त्रीको क्षेत्र केन्द्रित बजेट ल्याइयो : सांसद खान
-
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग