फ्रान्समा त्रिशङ्कु संसद्, बजारमा हलचलबिच युरोको मूल्यमा गिरावट
पेरिस । आइतबारको रात फ्रान्सका लागि अपेक्षा विपरीत परिणामको रात थियो। संसदीय निर्वाचनको नतिजा अप्रत्याशित थियो ।
दक्षिणपन्थी नेसनल र्याली पार्टीलाई रोक्न दोस्रो चरणको चुनावअघि जिन ल्यूक मेलेँशोले वामपन्थी र मध्यमार्गी पार्टीहरूबिच रणनीतिक गठबन्धन बनाउने प्रयासमा प्रमुख भूमिका खेलेका थिए। वाम गठबन्धन न्यु पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा छ । नराम्ररी पछि परेको म्याक्रोनको मध्यमार्गी पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।
पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दक्षिणपन्थी राष्ट्रिय र्याली तेस्रो भयो। तर तीमध्ये कसैसँग पनि बहुमत नपुगेपछि फ्रान्समा त्रिशङ्कु संसद्को अवस्था सिर्जना भएको छ ।
तर, नेसनल र्याली पार्टी सत्तामा आउन नसक्दा धेरैले राहत महसुस गरेका छन् । पछिल्लो मत परिणाम अनुसार ५७७ सिट भएको राष्ट्रियसभामा दलहरूको स्थिति यस्तो छ :
न्यु पपुलर फ्रन्ट - १८२
मध्यमार्गी गठबन्धन - १६८
नेसनल र्याली+सहयोगी -१४३
रिपब्लिकन+दक्षिणपन्थी - ६०
अन्य वाम दलहरू - १३
अन्य - ११
नतिजा आएपछि बजारमा उथलपुथल छ । युरोको मूल्य ०.२ प्रतिशतले घटेर अब १.०८ डलर पुगेको छ।
मुलुकको राजनीतिक गतिरोधले लगानीकर्ता चिन्तित छन् । सबैभन्दा बढी सिट जितेको वामपन्थी न्यु पपुलर फ्रन्टको गठबन्धनले राष्ट्रपति इमानुएल म्याक्रोनको सुधारवादी एजेन्डालाई अगाडि बढाउन नसक्ने विश्लेषकहरू विश्वास गर्छन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण