नुहाउने क्रममा बेपत्ता युवकको शव फेला
मङ्गलबार, २५ असार २०८१, २० : १३
कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गधरियास्थित भुरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको छ । सोही ठाउँ बस्ने अन्दाजी २० वर्षीय अजय राना असार २३ गते नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुबेको स्थान भन्दा करिब १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो । उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन
-
८ पेगको नसामा जावेद अख्तरले ९ मिनेटमै लेखेका थिए यो कालजयी गजल
-
पाराग्वेका अल्मिरोनलाई मुख छोपेर बोलेको आरोपमा रातो कार्ड, नयाँ नियमपछि पहिलो घटना
-
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन
-
मुख्यमन्त्री कार्यालयका ‘जलेको’ भनिएका ३० थान ल्यापटप र १४ थान मोबाइल कसले चोर्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण