बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
सारांश
- बर्दघाट नगरपालिका-२ चिसापानीमा बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
- दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका-६ बस्ने ३० वर्षीया नेहा गुरुङको मृत्यु भएको हो ।
- दुर्घटनामा तीन जना घाइते भएका छन् जसमध्ये एक जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज रिफर गरिएको छ ।
नवलपरासी । बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना.५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ बस्ने ३० वर्षीया नेहा गुरुङको घाइते भई उपचारका लागि चिसापानी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घाइते हुनेमा सोही स्थानका ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका-४ बस्ने ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका–९ बस्ने ३५ वर्षीय दिनानाथ चौधरी रहेका छन् । घाइतेमध्ये ज्ञवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, रुपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।
बसमा सवार १५ जनामध्ये ११ जना सकुशल रहेका छन् । दुर्घटनापछि ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका-३ बस्ने २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषभ पन्त पारिश्रमिक घटाएर दिल्ली क्यापिटल्स फर्किँदै, कुलदीप यादव लखनउ जाने
-
देशभर किन बढ्यो रेबिजविरुद्ध खोपको अभाव ?
-
‘घरमा पनि सरसफाइ गर’, विश्वकपमा स्टेडियम सफा गर्ने जापानी फ्यानहरूलाई श्रीमतीहरूको सुझाव
-
खेल सुरु भएको २ मिनेटमै टर्कीविरुद्ध पाराग्वेकाे अग्रता
-
टर्की र पाराग्वेबीच खेल सुरु, दुवै टोली पहिलो अंकको खोजीमा
-
बागमती गाउँपालिकाले ल्यायो ७३ करोड २० लाखको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण