ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
झापा। झापाको कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्री सडकखण्डमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे४प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे१त ७४०४ नम्बरको ट्याक्टर एकापसमा ठोक्किँदा उक्त मानविय क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० वर्षीय समिर अली, उनकी आमा ४५ वर्षीया नुरेश सादेवी र समिरकी पाँच वर्षीया छोरी हाजिरा खातुन घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल सुरुङ्गा लगिएकामा चिकित्सकले समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेको सूचना अधिकारी अवाले बताए।
गम्भीर घाइते नुरेश सादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ। ट्याक्टर चालक कनकाई नगरपालिका–५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप
-
बैतडीमा बस दुर्घटना
-
बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
-
घरघरमै सरकारी कागजात पुर्याउन कसरी भयो सम्भव ?
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण