वीरगञ्जको बाल सुधार गृहबाट फरार भएका दुई बालक डेढ घण्टामै सीमा क्षेत्रबाट पक्राउ
सारांश
- वीरगञ्ज बाल सुधार गृहबाट शौचालयको भेन्टिलेसन फोडेर भागेका दुई बालक डेढ घण्टापछि सीमा क्षेत्रबाट पक्राउ परेका छन् ।
- डाका तथा चोरी मुद्दामा सजाय भुक्तान गरिरहेका सर्लाहीका दुई बालक शौचालयको भेन्टिलेसन फोडेर भागेका थिए ।
- भारततर्फ भाग्न लागेको अवस्थामा मितेरी पुल नजिकैबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई प्रहरीले डेढ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।
डाका तथा चोरी मुद्दामा सजाय भुक्तानका लागि बाल सुधार गृहमा राखिएका दुवै बालक आज दिउँसो शौचालयको भेन्टिलेसन फुटाई फरार भएका थिए ।
पक्राउ पर्नेहरूमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका–३ बस्ने वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह रहेका छन् । उनीहरू आज दिउँसो करिब १३:२० बजेको समयमा बाल सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाई सुरक्षाकर्मीलाई छलेर भागेका थिए ।
बालकहरू फरार भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष प्रहरी टोली परिचालन गरी तत्कालै व्यापक खोजतलास सुरु गरिएको थियो । खोजतलासकै क्रममा प्रहरी टोलीले दिउँसो करिब १५:३० बजेको समयमा नेपाल-भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकैबाट दुवै जनालाई नियन्त्रणमा लिन सफल भयो ।
भारततर्फ फरार हुन लागेको अवस्थामा उनीहरूलाई सीमा नाकामै समातिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै बालकलाई पुनः नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले मधेसको जनजीवन प्रभावित : बिरामी बढे, मजदुर वर्ग मारमा
-
को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
-
स्रोत नखुलेको ३२ लाख नगदसहित दुई जना पक्राउ
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण