पहिरोले पोखरा–बागलुङ राजमार्ग अवरुद्ध
बुधबार, २६ असार २०८१, ०८ : ४४
पोखरा । अविरल वर्षापछि हिलो र लेदो झर्दा पोखरा–बागलुङ राजमार्ग अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका ५ शीतल गुफा नजिकै हिलो र लेदो झरेको प्रहरीले जनाएको छ ।
यस्तै, बेनी जोमसोम सडक पनि रोकिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका बैसेरीमा पहिरो आएर सडक रोकिएको हो ।
बेनी दरवाङ सडकमा पनि पहिरोले ठप्प भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सबै ठाउँमा प्रहरी खटाएर सडक खुलाउने प्रयास गरिएको सूचना अधिकारी रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण