रास्वपाबारे महामन्त्रीको कटाक्ष : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गरेका छन् । मंगलबार रास्वपाले ढकाललाई पार्टीको पदीय जिम्मेवारीबाट हटाएपछि बुधबार बिहान कांग्रेस महामन्त्री शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने बताए ।
‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नै पर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन,’ शर्माले लेखेका छन् ।
३८ जिल्लाको समीक्षा यात्राको प्रतिवेदनमा पार्टीको दुरावस्था उतार्ने रास्वपाका संस्थापक महामन्त्री ढकाल रास्वपाको साधारण सदस्यमा समिति हुन पुगेका छन् ।
प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको उनको भनाइ छ । ‘प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ र रहिरहनेछ । रूपान्तरणको सङ्कल्प कार्यान्वयन गर्दै बढ्छौँ हामी,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण