मङ्गलबार, २५ भदौ २०८१
ताजा लोकप्रिय

अस्ट्रिया भ्रमणमा भारतीय प्रधानमन्त्री मोदीले के भने ?

बुधबार, २६ असार २०८१, १८ : २२
बुधबार, २६ असार २०८१

भियन्ना । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार अस्ट्रिया भ्रमणमा पुगेका थिए । अस्ट्रियाको राजधानी भियन्नामा त्यहाँका चान्सलर कार्ल नेहमरसँगको भेटघाटमा उनले युक्रेन युद्धलगायत धेरै विषयमा कुराकानी गरेका थिए । 

‘सबैभन्दा पहिले त म न्यानो स्वागतका लागि चान्सलर नेहमरलाई कृतज्ञता व्यक्त गर्दछु । मेरो तेस्रो कार्यकालको सुरुमा अस्ट्रिया भ्रमण गर्ने अवसर पाएकोमा म खुसी छु,’ प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘मेरो यो भ्रमण ऐतिहासिक र विशेष दुवै हो । ४१ वर्षपछि कुनै पनि भारतीय प्रधानमन्त्री अस्ट्रियाको भ्रमणमा आएका छन् । यो पनि सुखद संयोग नै हो कि पारस्परिक सहयोगको ७५ वर्ष पूरा गरेको बेला यो भ्रमण भएको छ ।’  

आफू र नेहमरबिच कयौँ अर्थपूर्ण कुराकानी भएको उनले बताए । यस भेटमा आपसी सहयोगलाई थप सुदृढ पार्न नयाँ सम्भावनाहरू पहिचान गरिएको, सम्बन्धलाई रणनीतिक दिशा दिने निर्णय भएको र आगामी १० वर्षसम्मको लागि सहयोगको खाँका तयार पारेको पनि उनले बताइएको छ । चान्सलर र आफूले युक्रेनलगायत विश्वमा भइरहेको सबै विवादबारे कुराकानी गरेको उनको भनाइ छ । ‘यो युद्धको समय होइन भनेर पनि मैले पहिले पनि भनेको छु । युद्धको मैदानमा समस्या समाधान हुन सक्दैन । जहाँसुकै होस् निर्दोषको मृत्यु स्वीकार्य छैन,’ मोदीले भनेका छन् ।

कार्ल नेहमरले के भने ?

‘भारत र अस्ट्रियाबिच निकै राम्रो सम्बन्ध छ । योसन् १९५० को दशकमा सुरु भएको विश्वासको सम्बन्ध हो । भारतले अस्ट्रियालाई सहयोग गर्याे र सन् १९५५ मा अस्ट्रियाको राज्य सन्धि वार्ता सकारात्मक निष्कर्षमा पुग्यो । भूराजनीतिक विकास स्थितिले भारत र अस्ट्रियालाई एक जुट बनाएको छ,’ अस्ट्रियाका चान्सलर कार्ल नेहमरले भनेका छन् । अस्ट्रिया भ्रमण अघि मोदीले रुसी राष्ट्रपतिसँग भेट गरेकोले शान्ति प्रगतिको सन्दर्भमा रुसको मनसायबारे मोदीको व्यक्तिगत मूल्याङ्कन सुन्नु आफ्नो लागि विशेष महत्त्वपूर्ण रहेको पनि उनले बताए । आफूहरूको साझा उद्देश्य संयुक्त राष्ट्र संघको बडापत्र अनुरूप व्यापक, न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्नु भएकोमा उनले स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप