राप्रपाको बैठकमा आगामी आन्दोलनबारे छलफल
काठमाडौँ । राप्रपाले आगामी आन्दोलनबारे छलफल गरेको छ । बुधबार बसेको राप्रपाको बैठकमा आन्दोलनलाई कसरी अघि बढाउने बारे छलफल भएको हो ।
तर बैठकमा आन्दोलनलाई कसरी लैजाने भन्ने बारेमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रभावकारी भिजन नदिएको एक नेताले बताए । ‘आन्दोलन विषयक बैठक भने तापनि अध्यक्षले आन्दोलनसम्बन्धी कुनै ठोस कुरा गरेनन् । गोलमटोल कुरा मात्र गरे,’ बैठकमा सहभागी एक नेताले भने । यस्तै पछिल्लो समय पार्टीभित्र देखिएको बेमेलको विषयमा पनि अध्यक्षले गुनासो पोखेको ती नेताले बताए ।
पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले राप्रपा आन्दोलन गर्न जन्मिएको पार्टी भएकोले आन्दोलनको विकल्प नभएको बताए । यसैगरी निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द लोहनीले अरू दल असफल भइसकेको अवस्थामा राप्रपालाई आन्दोलनबाटै स्थापित गराउनुपर्ने बताए ।
कार्य सम्पादन समितिको निर्णयबमोजिम आन्दोलन परिचालन समितिले आन्दोलनको कार्यक्रम कार्यान्वयन गर्न थालिसकेको बेलामा समानान्तर रूपमा बाधा अवरोध नगर्न आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका महामन्त्री धवलशम्शेर राणाले अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गरे ।
राप्रपा नेतृ रेखा थापाले पार्टी नेतृत्व राजीनामा गर्ने र टिकट नपाएर पार्टी छाड्नेका पछि लागेको भन्दै कटाक्ष गरिन् ।
लिङ्देन संयोजक रहेका मूल आन्दोलन समितिमा सबै केन्द्रीय सदस्य छन् भने आन्दोलन परिचालन समितिका संयोजक महामन्त्री राणा छन् । आन्दोलनको कार्यक्रम बनाउने र कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी केन्द्रीय समितिले परिचालन समितिलाई सुम्पिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेटो शिखर सम्मेलन सुरु, कसका के छन् दाउ ?
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण