सिङ्गापुरले नयाँ डिजेल कार दर्ता बन्द गर्ने
बुधबार, २६ असार २०८१, २१ : १४
सिङ्गापुर । सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए) ले जनाएको छ ।
यसैबिच, डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न उच्च सडक करको अधीनमा हुनेछ ।
प्रतिबन्धहरू क्लासिक वाहन योजना र भिन्टेज वाहन योजनाअन्तर्गत कारहरूको आयात र दर्तामा लागू नहुने एलटिएले उल्लेख गरेको छ ।
सिङ्गापुरले जलवायु परिवर्तनसँग जुध्न सन् २०५० सम्ममा ‘नेट जिरो’ सम्म पुग्ने प्रतिबद्धता जनाएको छ । - (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण