बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सिङ्गापुरले नयाँ डिजेल कार दर्ता बन्द गर्ने

बुधबार, २६ असार २०८१, २१ : १४
बुधबार, २६ असार २०८१

सिङ्गापुर । सिङ्गापुरले आफ्नो स्वच्छ ऊर्जा दृष्टिलाई समर्थन गर्न सन् २०२५ देखि नयाँ डिजेल कार र ट्याक्सी दर्ता गर्न बन्द गर्ने भूमि यातायात प्राधिकरण (एलटिए) ले जनाएको छ ।

यसैबिच, डिजेल कार मालिकहरूले आफ्नो हकदार प्रमाणपत्र नवीकरण गर्न सक्ने तर नवीकरणलाई निरुत्साहित गर्न उच्च सडक करको अधीनमा हुनेछ ।

प्रतिबन्धहरू क्लासिक वाहन योजना र भिन्टेज वाहन योजनाअन्तर्गत कारहरूको आयात र दर्तामा लागू नहुने एलटिएले उल्लेख गरेको छ ।

सिङ्गापुरले जलवायु परिवर्तनसँग जुध्न सन् २०५० सम्ममा ‘नेट जिरो’ सम्म पुग्ने प्रतिबद्धता जनाएको छ । - (रासस/सिन्ह्वा)   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप