भालुको आतंक बढेपछि कानूनमा संसोधन गर्न खोज्दै जापान
टोकियो । जापानमा हालैका वर्षमा जंगली भालुको आतंक बढेको छ । आवासीय क्षेत्र वरपर जंगली भालुको आक्रमण बढ्दा कयौंले ज्यान गुमाइरहेका छन् भने घाइते र चोटपटक लाग्नेको संख्या पनि बढेको छ ।
यो वर्ष शुरु भएयता अप्रिलसम्मको अवधिमा देशभरमा भालुको आक्रमणका २१९ वटा घटना दर्ता भएका छन् । यसमध्ये ६ ओटामा मान्छेको ज्यानै गएको सरकारी तथ्यांकले देखाएको छ । जंगली भालुहरू मानव बस्तीमा छिर्ने क्रम बढ्दा हालैका महीनामा घातक आक्रमण बढेका छन् ।
जापानमा मान्छेको जनसंख्या घटिरहेको र वृद्ध जनसंख्या बढिरहेको अवस्थामा खासगरी शहर बाहिरका क्षेत्रमा भालुको संख्या बढेका छन् । यसको परिणाम डरलाग्दो हुने विश्लेषण गर्न लागिएको छ । अहिलेको कानून अनुसार लाइसेन्स प्राप्त शिकारीहरूले मात्रै प्रहरी अधिकारीसँग अनुमति लिएर मात्रै भालुलाई गोली हान्न सक्छन् । भालु देख्ने बित्तिकै मार्न स्वतन्त्र भएर हतियार प्रयोग गर्न सकियोस् भनेर सरकारले संसदको आगामी अधिवेशनमा कानून संसोधन गर्ने योजना बनाइरहेको छ ।
संसोधन पारित भयो भने शिकारीले मान्छेलाई आक्रमण गरेर भालुले चोट पुर्यायो वा मान्छेहरू बस्ने आवासीय भवनमा छिर्यो आदि परिस्थितिमा प्रहरी अधिकारीको अनुमति नलिइकन भालुमाथि गोली प्रहार गर्न सक्नेछन् । जापानको सुदुर उत्तरको होक्काइदोमा सन् १९९० यता भालुको संख्या दोब्बर भन्दा माथि पुगेको छ । यहाँ अहिले झन्डै १२ हजार जति खैरो भालु रहेको अनुमान गरिएको छ । कालो भालुभन्दा खैरो भालु बढी आक्रामक हुन्छन् । कालो भालुको संख्या १० हजार आसपास भएको अनुमान गरिएको छ । भालुलाई धपाउन स्थानीय सरकारहरूले अनेकौं रणनीति अपनाइरहेका छन् । तर पनि यसले खासै काम गरेको देखिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण