पहिराको जोखिममा रहेका १५ परिवारलाई सुरक्षित स्थानमा सारियो
उदयपुर । त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ ।
४ दिनअघि गएको पहिराले तोरीबारीमा ४ घर बगाएको थियो भने १५ घर उच्च जोखिममा परेका थिए । नगरप्रमुख वसन्तकुमार बस्नेतले जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको र उनीहरूका लागि खानेकुरासहित आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए । पहिराले बगाएका चार परिवारका सदस्यलाई समेत सुरक्षित सोही स्थानमा राखी तत्काल राहत प्रदान गरिएको उनले बताए ।
पहिरोका कारण अवरुद्ध दुई सडक सञ्चालन
पहिरोका कारण अवरुद्ध उदयपुर गाईघाटबाट खोटाङको दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडक बिहीबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।
त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार गाईघाट खाँबु रानीबास हुँदै जिल्लाको धार्मिक पर्यटकीयस्थल रौता जोड्ने सडक पनि पहिरो हटाएर सञ्चालन गरिएको छ । मङ्गलबार त्रियुगा नगरपालिका–१० को सेल्फीडाँडा क्षेत्रको गाईघाट दिक्तेल सडकखण्डमा पहिरो गएपछि गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण