हुण्डी कारोबारमा संलग्न चार जना पक्राउ
शनिबार, २९ असार २०८१, १७ : ३१
बाँके । नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका-३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका-७ बस्ने २९ वर्षीय निम बहादुर बोहरा र नेपालगन्ज उपमहानगरपालिका-३ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-७ घर भएका ३० वर्षीय राहुल देवल रहेका छन् ।
बेलासपुरस्थित नविल रेफ्रिजिरेटर एन्ड एयर कन्डिसन वर्कसप नामको टिभी फ्रिज मर्मत गर्ने पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पसलबाट नगद २४ लाख ६२ हजार ३ सय १५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण