वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध
गाईघाट । निरन्तरको वर्षाले जिल्ला सदरमुकाम गाईघाटसँग जोडिएका अधिकांश पहाडी र ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको छ । सदमुकाम गाईघाटदेखि रौतामाई गाउँपालिका हुँदै उत्तरी पहाडी क्षेत्र बाँसबोटे–माँझखर्क सडक वर्षाले भत्किएर अवरुद्ध छ ।
सदरमुकाम गाईघाट–रानीबास–रसुवा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लिछा तथा लाकु लाफागाउँ, जाँते जोड्ने सडक धेरै ठाउँमा भत्किएकले यातायात सञ्चालन हुन नसकेको जाँतेका स्थानीय हर्क बुढाथोकीले बताए ।
ताम्लीछा, बराह, बलाम्ता रसुवा गाईघाट सडक वर्षा र पहिराले अवरुद्ध भएपछि सदरमुकाम गाईघाट आवतजावत बन्द भएको ताम्लीछास्थित महेन्द्रदीप माध्यमिक विद्यालयका शिक्षक मनिचन्द्र राईले बताए । गाईघाटबाट खोटाङ सदरमुकाम दिक्तेल जोड्ने सडकमा पर्ने रानीबास, छामलिङ, फोक्सिङ्टार र सुवासहितका ठाउँमा पहिरो जाँदा सवारीसाधन सञ्चालन गर्न समस्या भएको यातायात व्यवसायी नरेश कार्कीले जानकारी दिए ।
रौतामाई गाउँपालिकाको रौता भुटार, सल्ले र मुर्कुची बजारदेखि डिल्ली बजार माँझखर्क सडक भत्केर अवरुद्ध भएपछि जिल्लाको मध्य र उत्तरी पहाडी क्षेत्रका सर्वसाधारण सदरमुकाम गाईघाट आउन सकेका छैनन् । उपचारका लागि जिल्ला अस्पताल र अन्य सरकारी सेवा लिन सदरमुकाम आवतजावत १० दिनदेखि बन्द भएको रौतामाई गाउँपालिका सल्लेका टेकराज पाठकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण