चार दिनमा ६१ जना डेंगु सङ्क्रमित थपिए
आइतबार, ३० असार २०८१, १४ : ५०
काठमाडौँ । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अघिल्लो साताको तुलनामा पछिल्लो चार दिनमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
ईडीसीडीका अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । अघिल्ला साता यो संख्या १४ सय ८३ जना थिए ।
जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ । यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, मधेस प्रदेशमा ३९ जना, कोशीमा ३७१ जना, गण्डकीमा २३० जना,सुदूरपश्चिममा १६४ जना र लुम्बिनीमा १८१ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लागत हिसाबले सबैभन्दा बढी काठमाडौँमा १८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण