तनहुँमा खोलामा डुबेर दुईको मृत्यु
आइतबार, ३० असार २०८१, २१ : २३
तनहुँ । तनहुँमा खोलामा डुबेर दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको हो ।
साँगेखोलामा डुबेर सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेका छन् । घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दमौली अस्पताल पु¥याएकामा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
यस्तै भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर ४० वर्षीय निमबहादुर मस्राङ्गीको मृत्यु भएको छ । शनिबार नुहाउने क्रममा बगाएका उहाँको शव आज भानु नगरपालिका–५ पञ्चनगरस्थित खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण