सरकारको प्राथमिकता राजनीतिक स्थिरता र सुशासन कायम गर्नु हो : गृहमन्त्री लेखक
काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता राजनीतिक स्थिरता कायम गर्ने रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित स्वागत तथा पदबहाली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम पनि सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।
उनले भने – ‘अहिले नेपाल सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा जुन शिथिलता, सङ्कुचन देखा परेको छ, अर्थतन्त्रलाई क्रियाशील, चलायमान गरेर अर्थतन्त्र उकास्ने । संविधानको समीक्षा गर्ने, मूल्याङ्कन गर्ने । मूल्याङ्कन के प्रयोजनको लागि गर्ने भन्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशिता जुन संविधानका मूल तत्त्वहरू छन्, त्यसलाई सुदृढ गर्नका लागि, बलियो बनाउनका लागि त्यसलाई अगाडी लिएर जानका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण गर्ने लगायतका कामहरू अहिले सरकारको प्राथमिकता हुन् र त्यो उद्देश्यका साथ यो सरकार गठन भएको छ ।’
गृहमन्त्री लेखकले गृहमन्त्रीको रूपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित हुने बताए । उनले प्राकृतिक प्रकोपको कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि बताए ।
उनले भने, ‘अहिले प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ, यसको सम्बोधन गर्ने हाम्रो दायित्व हो । यो मन्त्रालयले विधिको शासन स्थापना गर्ने, देशको शान्ति सुरक्षा, अपराध नियन्त्रणको काममा दत्तचित्त भएर लाग्ने यो मन्त्रालयको काम रहने छ । मेरा सबै कामहरू देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ ।’ गृहमन्त्री लेखकले आफूले इमानदारिता र निष्ठापूर्वक काम गर्ने बताउनु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण