सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुनेगरी काम गर्छु : मन्त्री दाहाल
काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धि समस्या तत्काल समाधान हुनेगरी काम गर्ने बताएका छन् । देशभर सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उनले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान हुनेगरी काम गर्ने बताए । उनले सडकसम्बन्धि नीतिलाई क्रमशः प्राथमिकताको आधार अघि बढाउने पनि बताए ।
मन्त्री दाहालले भने, ‘समस्याहरु धेरै छन् । सडक दुर्घटनाका कुराहरु हामीले दिनानुदिन भोगिरहेका छौं । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । र सडक दुर्घटनालाई कसरी न्यूनिकरण गर्ने ? भन्ने विषय च्यालेन्जिङ विषय छ । त्यसलाई कुन ढंगले गर्नसक्छौ ? तपाईहरुसँग छलफल गरेर समाधान गर्छौं ।’
मन्त्री दाहालले राष्ट्रिय यातायात नीति क्याबिनेटमा पठाउने निर्णय गरिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण