सेयर बजार अर्थतन्त्रको ऐना हो : अर्थमन्त्री पौडेल
सोमबार, ३१ असार २०८१, १८ : ०२
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । शपथग्रहणपछि आजै पदभार ग्रहण गर्दै पत्रकारसँग प्रतिक्रिया दिने क्रममा शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले शेयर बजारलाई सुधार गर्नेगरी नीति लिने समेत बताए । अर्थतन्त्रको समग्र क्षेत्रमा समस्या आइरहेको समयमा नयाँ सत्ता गठबन्धनको घोषणा भएसँगै शेयर बजार उकालो लागेको थियो । अर्थमन्त्रालयमा पौडेलको नाम चल्नसाथ २ हजार अङ्क आसपास रहेको परिसूचक २२ सय अङ्कभन्दा माथि पुगेको हो ।
पदभार ग्रहण गर्नेक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रको ऐना भएकाले यस क्षेत्रको विकासका लागि कदम चाल्ने बताएका हुन् । पौडेललाई लगानीकर्ताले सेयर बजारमैत्री अर्थमन्त्रीका रूपमा चिन्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण