सेयर बजार अर्थतन्त्रको ऐना हो : अर्थमन्त्री पौडेल
सोमबार, ३१ असार २०८१, १८ : ०२

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । शपथग्रहणपछि आजै पदभार ग्रहण गर्दै पत्रकारसँग प्रतिक्रिया दिने क्रममा शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका हुन् ।
अर्थमन्त्री पौडेलले शेयर बजारलाई सुधार गर्नेगरी नीति लिने समेत बताए । अर्थतन्त्रको समग्र क्षेत्रमा समस्या आइरहेको समयमा नयाँ सत्ता गठबन्धनको घोषणा भएसँगै शेयर बजार उकालो लागेको थियो । अर्थमन्त्रालयमा पौडेलको नाम चल्नसाथ २ हजार अङ्क आसपास रहेको परिसूचक २२ सय अङ्कभन्दा माथि पुगेको हो ।
पदभार ग्रहण गर्नेक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रको ऐना भएकाले यस क्षेत्रको विकासका लागि कदम चाल्ने बताएका हुन् । पौडेललाई लगानीकर्ताले सेयर बजारमैत्री अर्थमन्त्रीका रूपमा चिन्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेलसेवाको अध्ययन र विकासबारे कोरियामा छलफल
-
रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरू)
-
गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेद
-
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणमा चिनियाँ पक्षले के–कस्ता चासो राखे ?
-
जिल्ला प्रहरी परिसर काठमाडौँबाटै समातिए सांसद दिपक सिंह
-
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री