भाइरल भिडियोबारे आलोचनापछि हरभजनको स्पष्टीकरण
नयाँ दिल्ली । पूर्व भारतीय क्रिकेटर हरभजन सिंहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्नो आधिकारिक ह्यान्डलबाट एक पोस्ट गरे, जुन भाइरल भयो । अब उनले यसबारे स्पष्टीकरण दिनुपरेको छ।
इंग्ल्याण्डमा भएको विश्व च्याम्पियनसिप अफ लिजेन्ड्सको फाइनल खेलमा भारतीय च्याम्पियनले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको थियो । यो जितपछि पूर्व भारतीय क्रिकेट खेलाडी युवराज सिंह, हरभजन सिंह र सुरेश रैनाको भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो ।
यस भिडियोमा तीनै खेलाडी शारीरिक रूपमा अशक्त व्यक्तिको नक्कल गर्दै देखिएका थिए, जसका कारण उनीहरुको आलोचना भइरहेको छ । अब हरभजन सिंहले यसबारे आफ्नो स्पष्टीकरण दिएका छन् ।
हरभजन सिंहले एक्समा लेखेका छन्, ‘म इङ्गल्याण्डमा च्याम्पियनसिप जितेपछि सामाजिक सञ्जालमा भिडियोको बारेमा गुनासो गरिरहेकाहरूलाई स्पष्ट पार्न चाहन्छु कि हामी कसैको भावनामा चोट पुर्याउन चाहँदैनौँ । हामी हरेक व्यक्ति र समुदायलाई सम्मान गर्छौं र यो भिडियो हाम्रो शारीरिक अवस्था देखाउनको लागि मात्र हो, जुन १५ दिनसम्म लगातार क्रिकेट खेल्दा भएको थियो।’
उनले थप लेखेका छन्, ‘हाम्रो प्रयास कसैको अपमान गर्ने थिएन । तर पनि यदि मानिसहरूलाई हामीले केही गल्ती गरेको महसुस गरेमा, हामी हाम्रो तर्फबाट तपाईंहरू सबैसँग माफी चाहन्छौँ। कृपया यसलाई यहाँ रोक्नुहोस् र अगाडि बढ्नुहोस्। खुसी रहनुहोस् र स्वस्थ रहनुहोस्। सबैलाई माया।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण