सिंहदरबारमा अझै घटेन मन्त्रीलाई बधाई दिनेको भिड (तस्बिरहरु)

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा नवनियुक्त मन्त्रीहरुलाई बधाई दिनेहरुको भिडभाड बुधबार पनि उस्तै छ । मंगलबार र बुधबारमात्रै ३ हजार ५ सय भन्दा बढीको हाराहारीमा बधाई दिनेहरुले सिंहदरबारमाको पास लिएका छन् ।
नियमित प्रवेश गर्ने कर्मचारीबाहेक मंगलबार मन्त्रीहरुलाई बधाई तथा शुभकामनाका लागि पास लिएर जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रहेको थियो ।
सार्वजनिक बिदाका दिनबाहेक अरु दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा दुई दिनमा ३ हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ ।
गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरुमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको जानकारी दिए ।
मन्त्रीहरुलाई बधाई दिनका लागि जिल्लाजिल्लाबाट समेत नेता कार्यकर्ता सिंहदरबारमा आएको बताइएको छ । केपी ओली नेतृत्वको सरकारका २१ मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । २१ मध्ये २० मन्त्रालय सिंहदरबारभित्रै छन् । स्वास्थ्य मन्त्रालय भने रामशाहपथमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित
-
इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट
-
धवलपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते