सिंहदरबारमा अझै घटेन मन्त्रीलाई बधाई दिनेको भिड (तस्बिरहरु)
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा नवनियुक्त मन्त्रीहरुलाई बधाई दिनेहरुको भिडभाड बुधबार पनि उस्तै छ । मंगलबार र बुधबारमात्रै ३ हजार ५ सय भन्दा बढीको हाराहारीमा बधाई दिनेहरुले सिंहदरबारमाको पास लिएका छन् ।
नियमित प्रवेश गर्ने कर्मचारीबाहेक मंगलबार मन्त्रीहरुलाई बधाई तथा शुभकामनाका लागि पास लिएर जानेको सङ्ख्या करिब दुई हजार पाँच सयभन्दा बढी रहेको थियो ।
_w3CcZSfRQV.jpg)
सार्वजनिक बिदाका दिनबाहेक अरु दिनमा दैनिक एक हजार चार सय व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा दुई दिनमा ३ हजार पाँच सयभन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ ।
गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरुमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको जानकारी दिए ।
_Jrxg1dKUO2.jpg)
मन्त्रीहरुलाई बधाई दिनका लागि जिल्लाजिल्लाबाट समेत नेता कार्यकर्ता सिंहदरबारमा आएको बताइएको छ । केपी ओली नेतृत्वको सरकारका २१ मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए । २१ मध्ये २० मन्त्रालय सिंहदरबारभित्रै छन् । स्वास्थ्य मन्त्रालय भने रामशाहपथमा रहेका छन् ।
_b1QOt2QXwT.jpg)
_LfyfoNdEV8.jpg)
_AVQy5GstfI.jpg)
_v7D1Zy3BWY.jpg)
_pCEsOmxw5W.jpg)
_UCldWddmgy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण