निर्माणका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सांसद अर्याल
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
सांसद अर्यालले चैत्र महिनाअघि निर्माण कार्य सक्नुपर्ने र वैशाखसम्म राम्रोसँग मापदण्डअनुसार बनेको छ वा छैन भन्नेकुरा सरकारले निरीक्षण गर्न आवश्यक रहेको बताइन् । उनले पृथ्वी राजमार्ग कहिलेसम्म सुरक्षित बन्छ भन्दै प्रश्न गरिन् । उनले पर्याप्त अनुसन्धानअनुसार योजना बन्न नसक्दा पनि यस्ता दुर्घटना निम्तिएको बताए ।
सांसद अर्यालले राजमार्गको सकुशल र सुरक्षित यात्राको लागि बाढी, पहिरोले प्रभाव नपर्ने गरी विश्वकै विज्ञलाई अध्ययन गर्न लगाइ बाइपास, राजमार्ग निर्माण गर्नुपर्ने बताइन् ।
सांसद अर्यालले महत्त्वपूर्ण निर्माण कार्यमहरु सरकार आफैँले सम्पन्न गर्नुपर्ने बताइन् । उनले नेपालमा सडक निर्माणका लागि छुट्याइएको बजेट ५० प्रतिशत पनि राम्रोसँग लगानी नहुने गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण