ढिस्कोमा पुरिएर मुस्ताङमा दुई मजदुरको मृत्यु
शुक्रबार, ०४ साउन २०८१, १६ : ०२
पोखरा । मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झरेर उनीहरू पुरिएका थिए ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ घर भएका २३ वर्षकै रवि दर्लामी छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।
दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण