पोखरामा डुबेर ३ जनाको मृत्यु
पोखरा । पोखराका छुट्टाछुट्टै ठाउँमा डुबेर ३ जनाको मृत्यु भएको छ । हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो पौडी खेल्न गएका पोखरा १ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा २ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकारको मृत्यु भएको हो ।
दुबैजनाको शव सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको सशस्त्र प्रहरी वल कालिका गणका एसपी अरुण शर्माले जानकारी दिए ।
यस्तै, पोखरा २६ गुदेतालमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रगतिटोल बस्ने ३४ वर्षीय विकास परियारका छोरा ६ वर्षीय सचिन परियार बुवासँग माछा मारेको हेर्न गएकोमा अचानक तालमा डुबेर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण